किशोरीहरुलाइ पाठेघरकाे क्यान्सर बिरूद्व एच.पि.भी खाेप संचालन हुदै।

0
SHARES
0
VIEWS
  • माघ २३,कालिकोट – बिद्यालयमा किशोरीलाई पाठेघरकाे क्यान्सर बिरूद्व एच.पि.भी खाेप संचालन हुने भएकाे छ ।
    गत आर्थिक वर्ष २०८१/८२ मा ९८ प्रतिशत खाेप लगाएकाे कालिकोटले चालु आर्थिक वर्ष २०८२/८३ काे लागि छुटेका किशोरीलाई फाल्गुन ४ गतेदेखि खाेप लगाउने भएकाे छ ।

संचालन गर्नका लागि स्वास्थ्य सेवा कार्यालयले सराेकारवाला र संचारकर्मिलाई अभिमुखिकरण कार्यक्रम संचालन गरि जानकारी दिएकाे छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाेप समन्वय समिति का संयाेजक धनजितबहादुर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी गराए ।
गत वर्ष खाेप लगाउनबाट बञ्चित किशोरीलाई फेरि खाेप लगाएर पाठेघरकाे क्यान्सर बाट बचाउने महतले बताए ।
यस्तै डाक्टर कमल भण्डारीले पाठेघरकाे मुखकाे क्यान्सर के कसरि हुन्छ भन्ने बारे जानकारी गराए । नेपालका ८० प्रतिशत महिलाकाे पाठेघरकाे क्यान्सर हुने गरेकाे बताए ।
अव दाेर्साे पटक संचालन हुने एचआईभी खाेप गत वर्ष छुटेका किशोरीले अनिवार्य लगाउनु पर्ने बताए ।
कालिकोटका बिद्यालयमा अध्यानरत दश देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खाेप संचालन हुने छ । गत वर्ष छुटेका हरू मात्रै लगाउने र गत वर्ष लगाएका किशोरीले लगाउन नपर्ने बताए ।
कालिकोटका एकसय २३ वटा खाेप केन्द्रबाट किशोरीलाई खाेप लगाईने छ ।
देशभन्दा बाहिर रहेका किशोरीलाई खाेप लगाउन केहि चुनाैति रहेकाे बताईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार