कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै पहिलो स्थानमा पचालझरना गाउपालिक ।

0
SHARES
2
VIEWS

कालिकोट-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा कालीकोटको पचालझरना गाउँपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ। ६५.०५ अङ्कसहित पचालझरना गाउँपालिका जिल्लाका अरू स्थानीय तहलाई पछि पार्दै प्रथम भएको हो भने ६३.०० अङ्क ल्याएको तिलागुफा नगरपालिका दोस्रो भएको छ।

त्यस्तै, पलाँता गाउँपलिका ६१.९८ अङ्कसहित तेस्रो स्थानमा छ। रास्कोट नगरपालिका ६०.६ अङ्कसहित चौथो भएको छ। नरहरिनाथ गाउँपालिका ५५.६८ अङ्कसहित पाँचौं, खाँडाचक्र नगरपालिका ५०.३५ ल्याएर छैठौं महाबै गाउँपालिका ४६.३० सातौं र शुभकालिका ४३.६७ अङ्कसहित आठौं र सान्नीत्रिवेणी गाउँपालिका ४१.६९ अङ्कसहित नवौं स्थानमा रहेका छन्।

कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ। पचालझरना नगरपालिका जिल्लामै पहिलो भएपछि आफूहरू सेवा प्रवाह तथा विकास निर्माण नियमसङ्गत रूपमा काम गरिरहेकाले प्रतिफल राम्रो आएको पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटाले बताए।

जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त प्रयासले सकारात्मक नतिजा आएको उनको भनाइ छ। स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे नगरेको लगायतका विभिन्न सूचक राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार