कालिकोट – मानब अधिकार तथा बातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपालको आयोजनामा पत्रकारहरू सँग सकारात्मक लैङ्गिकता सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
(हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा अतिथिहरूमा (हुरेन्डेक) नेपालका उपाध्यक्ष बिरेन्द्र बहादुर वुढा, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत राज बिष्ट, (हुरेन्डेक) नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत कटक बहादुर वम, फिल्ड सुपरभाइजर गिरेन्द्र शाही, सादा नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत नवराज योगी, जिल्ला स्थित सम्पुर्ण पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो ।
पलान इन्टरनेस्नलको आर्थिक सहयोगमा संचालित अन्र्तक्रिया कार्यक्रममा सकारात्मक लैङ्गिकता सम्वन्धि व्यापक छलफल भएको छ । कार्यक्रममा उपस्थित सम्पुर्णले हाम्रो समाजमा घट्ने लैङ्गिक हिंसाका घटना उजागर गर्न सबैले आवश्यक साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समाजले नै बनायका र केहि अन्ध बिश्वासलाई च्याद्दै सकारात्मक रूपमा समाज बदल्न सवैले आआफ्नाे क्षेत्रबाट सुरूवात गर्नु पर्ने बताएका थिए ।
Discussion about this post