जंगलमै फाल्छ खाँडाचक्र नगरपालिकाले बजारको फोहोर

0
SHARES
31
VIEWS

 

वास्मती कठायत ६,साउन –  कहिँ नभएको जात्रा ……गाउँमा भने झै जिल्लाको केन्द्रविन्दुमा रहेको खाँडाचक्र नगरपालिकाको फोहोर व्यवस्थापन तरिका विचित्रको छ ।
नगरपालिकाले नगर सफा राख्न सरसफाइका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि नगर क्षेत्र भरिका फोहोर लगेर नजिकैको सामुदायक वन र बाटोमा फाल्ने र फेरी फोहोर निम्ताउने कार्यले घुम्दै फिर्दै ‘टार भने जस्तै भएको छ ।

हरियाली जंगल र बाटोमा फोहोर फालेर जलप्रदुषण निम्ताई मानवीय स्वास्थ्य माथी गम्भिर खेलवाड गर्ने काम खाँडाचक्र नगरपालिकाले गरेको छ । सदरमुकाम मान्म बजारको जम्मा जम्मी हुने फोहोर लगेर काउलेखोला सामुदायिक वन र बदालकोट जाने सडकमा फाल्ने ,फोहोर त्यहि पुर्ने समेत गरेको छ यसले फोहोर फाल्ने क्षेत्र तर्फका वस्तीमा असर पर्ने मात्र नभएर पवित्र वनजंगल दुषित भएर जिल्लावासीको स्वास्थ्यमा गम्भीर समस्या आउने देखिएको छ ।

मानव स्वास्थ्यका लागि शुद्ध पानी अपरिहार्य पदार्थ हो त्यसैले नै पानी शुद्ध रुपमा प्राप्त गर्न हाम्रो गाउँ ठाउँका जल सम्पदाहरुको संरक्षण र स्वच्छता कायम गर्न हामी सवैको ध्यान जानु पर्दछ तर कालिकोटका मुख्य सदरमुकाम बजार क्षेत्र सम्पदाहरु दिन प्रति दिन दुषित बन्दै गएका छन् यस तर्फ यहाँको स्थानीय तह गम्भिर भएको देखिदैन ।
खाँडाचक्र नगरपालिकाले सरसफाईको चेतना फैलाउने माइकिङ्ग सहित नगर क्षेत्रका बजार क्षेत्रका फोहोरहरु दिनहुँ नगरपालिकाको गाडिमा बटुलेर लगे पनि सड्ने र नसड्ने फोहोर छुट्याएर यसलाई उचित स्थानमा व्यवस्थापन गर्न नसक्दा थप समस्या उत्पन्न हुने देखिएको छ ।

नगरपालिकाको फोहोर व्यवस्थापनमा हेलचक्र्यााईले समस्या बढ्दै गएको स्थानीयको गुनासो छ । स्थानीय अजयगिरी भन्दछन् ैहामीले फोहोर व्यवस्थापन गर्न खाँडाचक्र नगरपालिकामा अनुरोध गर्दा सूरुमा केहि दिनलाई मात्रै हो भन्दै नगरपालिकाले फोहोर फाल्ने गर्यो तर २ वर्ष अगाडि देखि अनुरोध गरेको अहिले सम्म हाम्रो समस्या सुनेको छैन ,सूरुमा फोहोर भरी ल्याएर यहाँ आगो लगाउँथ्यो आज भोली यहि थुपारेर पानी दुिषत मात्र होइन हाम्रो बस्तीलाई धेरै असर परेको छ ।

यस विषयमा नगरपालिकाले आफु यसको व्यवस्थापनमा लागिरहेको बताएको छ ।
बजारको फोहोर व्यवस्थापनको लागी काउले खोलामा डम्पिङ साइडको निर्माण कार्य थालेका छौँ । यस वर्षपनी यसको लागी थप वजेट बिनियोजन गरेका छौँ ।
फोहोर व्यवस्थापनका लागी साविकको जिल्ला विकास समितिको वेला देखीनै डम्पिङ साइडको लागी वजेट खर्च गर्ने तर, फोहोर फाल्ने बजारक्षेत्र नजिकैको जंगलमै रहेको छ । यस विषयमा वातावरणिय क्षेत्रमा काम गर्ने जिल्लाका संघ संस्थाहरु समेत माैन छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार