शिकारिको गोलिले किशोरिको मृत्यु ।

0
SHARES
154
VIEWS

दिनेश कठायत –  नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षिय किशोरीको गोली लागेर मृत्यु भएको छ ।
जेठ १९ गते दिउसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानिय एक शिकारीको गोली लागेर १७ वर्षिय एलिसा सहकारी घाइते भएकी थिन ।
घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्र्ममा २१ गते सुर्खेतमा उनको मृत्यु भएको स्थानिय नेत्रराज वोगटीले बताएका छन । शिकारीको नाम पछी भन्ने बताए ।
उनका अनुसार रुप्साकै एक स्थानियले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो ।
किशोरी सहकारीको आजै पोष्टमाडम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा दश मा पढ्दै थिन ।
घटना के? कसरी? घटेको हो भन्ने बारेमा प्रहरी त्यस तर्फ जादै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरी निरिक्षक शुभराज बमका अनुसार हामि घटना स्थलमा जादैछौँ गोली लागेर भन्ने छ । यसको अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार