नगरपालिकाकाे सुचना अब गर्भवती र बालबालिकालाई

0
SHARES
11
VIEWS

कालिकोट :    सूचना प्रबिधिको माध्यमबाट शुसासन कायम गर्ने अठोट गरेको रास्कोट नगरपालिकाले अर्को चमत्कारपुर्ण सफल काम कार्यान्वयनमा ल्याएको छ ।

रास्काेट नगरपालिकाले कर्णाली प्रदेशकै पहिलाे उदाहरणीय काम गर्दै आएको छ ।कर्णालिमा पहिलो पटक स्थानीय तहकाे आफ्नै डिजिटल सफ्टवेयर निर्माण गरि नागरीकलाइ सुचना दिने गरी एस.एम.एस सफ्टवेयर निर्माण गरेको हो ।

हाललाई गर्भवती तथा बालबालिकालाई सेवा दिने गरि यो सेवा सुचारू गरिएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताए ।

सबै सेवा ग्राहकलाई एकै पटक प्रवाह गर्न SMS Alert software उद्घाटन गर्दै नगर प्रमुख धर्मराज शाहीले सूचना प्रबिधसंग जोडीएको बिकास अब रास्कोटले पालना गर्ने बताउनुभयो ।

यसले सेवा प्रवाह र सुशासनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । एस. एम. एस मार्फत पहिलो चरण गर्भवति महिला र बालवालिकाको लागी सूचना पाउनका लागि उपयोगी हुने छ ।

पहिलो चरण गर्भवति महिलाले गर्भचेकजाच गर्ने दिन र उनिहरूले प्रयोग गर्ने आइरनचक्की लगाएतका ओैषधी प्रयोग गर्ने ,टिटिखोप लगाउने समय र मितिको सुचना ती गर्भवति आमाको वा घरमुलिको मोवाईलमा म्यासेज जाने छ ।

बालवालिकाले भिटामिन ए जुकाको ओैषधी खाने र हरेक प्रकारका खोप अभियानबारे अबिभावकको मोवाइलमा म्यासेज जाने छ ।

पछि यसको प्रभावकारीता बढेमा नगरका सबै घरधुरीका परिवारको कुनै एक जना मुलिको मोवाइल नं राखेर नगरका सेवा सुबिधाको जानकारी पनि यसै सफ्टवेयर मार्फत दिने नगरको योजना रहेको नगर प्रमुख शाहीले बताउनु भयो । नगरको सभाहलमा नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिह बम सबै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य राखेर एक विशेष कार्यक्रम गरि सेवाको सुचारू गरिएको छ । by khabarkarnali.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार