३ बुदे प्रति सरकार गैरजिम्मेवार बन्यो हामी चुप लाग्दैनौ – रणदिप

0
SHARES
16
VIEWS

नेपाल कम्युनिष्ट पार्टी कालिकोट का सेक्रेटरी मनिलाल ऐडी रणदिप ले नेपाल सरकार र नेकपा बिच गरिएको ३ बुदे सहमती कार्यन्वयन गर्नु को सट्टा उल्टै नेताहरुलाई वारेण्ट जारी गरेर दन्द निम्त्याउन खोजेको अारोप लगाउनु भएको छ । अाज पचालझरना वडा न २ को वडा सम्मेलन उद्घाटन मन्तब्य राख्दै सेक्रेटरी ऐडी ले बर्तमान सरकार देशमा शान्ती अमयनचैन भन्दा पनि दन्द होस र दन्दबाट कमिसन पाईयोस भन्ने चाहान्छ किसान लाई मलबीउ दिनु को सट्टा हतियार खरिदको योजना बनाउनु त्यसैको सप्रमाण भएको बताउनु भयो साथै उहाले यदी सरकार ले अाफ्नो पार्टी लाई विभिन्न बाहाना बाजि गरेरवारेण्ट जारी गर्ने जनयुद्दका बेला प्रचण्डका टाउकामा रहेका मुद्दा हरु न्यायधिशको सिरानामा राख्ने हो भने न्यायलय कस्को हो? कस्ले चलाई रहेकोछ भन्ने प्रश्न उठेको बताउनु भयो उक्त सम्मेलनबाट क मनोजको नेतृत्वमा १५ सदस्य वडाकमिटी निर्बाचित गर्नु का साथै २५ सदस्य गाउसम्मेलनका लागि प्रतिनिधि छनोट गरेकोछ सम्मेलन नौमुले प्राबी मा सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार