माओवादी महासचिवमा देव गुरुङ

0
SHARES
3
VIEWS

 

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ सर्वसम्मत चयन हुने भएका छन् । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन हुने भएका हुन् । दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन् ।

स्थायी कमिटी बैठकमा प्रचण्डले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार