कालिकोट पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट ल्याएको छ ।
बुधवार गाउँपालिकाको केन्द्र पडेक्षामा ९ औँ गाउँ सभामा उपाध्यक्ष अल्किना वमले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट सार्वजनिक गरेकी हुन ।
गाउँपालिका अध्यक्ष देवजंग शाहीको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत विकको प्रमुख आतिथ्यतामा संचालन भएको गाउँ सभामा अन्य राजनितिक दल र स्थानियको सहभागितामा वजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रबहादुर बमलले बताएका छन ।
आउने नयाँ वजेटमा पुराना जनप्रीय कार्यक्रमलाई निरन्तार्ता दिदै वजेट ल्याइएको बताए ।
नयाँ वजेटमा शिक्षा र स्वास्थ्यमा बढि प्रथामिकता रहेको देखिएको छ ।
Discussion about this post