कालिकोट— चुलो र चाकोमा मात्र सिमीत हुने यहाँका महिलाहरु पछिल्लो समय विभिन्न क्षेत्रका काममा अग्रसर हुन थालेका छन ।
घाँस दाउरा, मेलापात र घरायसी काममा मात्र सिमीत यहाँका महिलाहरु पछिल्लो समय घन, बेल्चा र सब्बल समातेर विकास निर्माणका काम गर्न थालेका छन ।
घरको खाना खाएर घरकै आँगनमै बाटो बनाउने देखी धारा निर्माण लगायतका भौतिक विकासका कार्यक्रम संचालन भएपछी विषेश गरी महिला र बालवालिकाले रोजगार पाएका छन । मुख्यमन्त्री रोजगार र प्रधानमन्त्री श्रमरोजगार कार्यक्रम जिल्लाका ९ वटा स्थानीय तहका ८२ वटै वडामा संचालन भएपछी विहान वेलुकी घरको काम गरेर दिउसो योजनाका कामहरु गर्न पाएपछी महिला र वृद्धवृद्धाहरुले पनी रोजगार पाएको पचालरझरना गाउँपालिका वडा नम्बर ४ स्थानिय धिरेन्द्र कठायतले बताए ।
विगतका दिनहरुमा रोजगारी खोज्दै विषेशगरी पुरुषहरु भारतका विभिन्न ठाउँमा काम गर्न जाने यहाँका नागरिक पछिल्लो समय स्वदेशमै काम पाउन थालेका छन ।संघिय व्यवस्था लागु भएपछी विभिन्न खालका रोजगार मुलक कामहरु गाउँमै हुनथालेपछी रोजगारीको लागी देश वाहिर जानेको संख्यांमा पनी कमी आएको कठायतले बताए ।
एक करोड देखी माथिका आयोजनाहरु ठेक्का मार्फत स्काभेटरले काम गरेपनी वडाका वाटो, धारा, फिल्ड लगायतका कामहरु मान्छेबाट हुने गरेको छ ।
स्थानिय धिरेन्द्रले भने,’ ‘गाउँमै कामहुने भएकाले विषेश गरी महिलाको सहभागिता बढी रहेको छ, चुलो र चौकामा मात्र सिमीत हुने महिला अहिले विकासका हरेक क्षेत्रमा प्रतिनिधीत्व रहेको छ ।
Discussion about this post