बास्मती कठायत, कालिकोट – पचालरना गाउँपालिका वडा नम्बर ३ निबासी रन बहादुर कठायतले बिदेशमा पसिनाकाे कमाइबाट आफु पढेको स्कुललाइ ड्रेस सहयाेग गरेका छन ।
राेमाेनिया देशमा कार्यरत कठायतले पचालझरना गाउँपालिका वडा नम्बर ३ भंक स्थित श्री शिशु कल्याण आधारभुत बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि ९० हजार बराबरको रकमले ड्रेस को साथ मा यक यक पिस कपि र कलम पनि सहयाेग गरेका हुन ।
कठायतले आफ्नाे पसिनाकाे कमाइले गाउँका आर्थिक अवस्था कमजाेर बालवालिकाले राहत हाेस भनी सहयाेग गरेका हुन ।मिति २०८०/०२/१४ गतेका दिन कठायतकि धर्म पत्नि पुतला कठायत आफै पुगेर ड्रेस बितरण गरेकि हुन ।
कठायत भन्छन जन्मेको ठाउ अनि पढेको स्कुल लाई सके जतिको सहयोग गर्नु मेरो मन थियो गरे र अझै सकेको गर्ने छु । कठायको सहयोगले स्थानिय खुसि भयको बतायका छन ।



















Discussion about this post