कालिकोट – नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण गर्ने अभियानमा जुटेका छन् ।
पुरुष मात्र हैनन् महिलाले पनी केही गर्न सक्छन भन्ने उदेश्यले सवैलाई चिनाउन र उदाहरण बन्न महिलाहरुले शुक्रबार मान्ममा ११४ औं महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा आकर्षण बनाएका छन ।
झट्ट सुन्दा अचम्म लाग्छ, महिला पञ्चेबाजा बजाउँछन् भन्दा, त्यसमा पनि ब्राह्मण र क्षत्री समुदायका महिला । तर खाँडाचक्र नगरपालिका–१ का महिलाले पञ्चेबाजा बजाउन थालेका छन् । परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको सङ्ख्या घट्दै गएपछि सो भेगका ब्राह्मण, क्षत्री र दलित समुदायका महिला पञ्चेबाजा संरक्षण अभियानमा लागेका हुन् ।
केही समय यता जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा महिलाले नै पञ्चेबाजा बजाउने गरेका छन् । एकै पोशाकमा सजिएका महिलाहरुले पञ्चेबाजा बजाउन थालेपछि नयाँ र फरक दृश्यमा नारी दिवस आयोजना गरिएको थियो ।
यस पहिले जिल्लामा आयोजना हुने बिभिन्न शभा समारोहमा पञ्चेबाजा बजाउनेहरु मा पुरुषको मात्रै सहभागिता देखिने गरेको थियो ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको छ ।
यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो ।
कर्णाली तथा सुदुरपश्चिम क्षेत्रमा धार्मिक कार्यक्रम बिवाह, ब्रतबन्ध जस्ता सामाजीक कार्यमा पुरुष हरुले बाजा बजाउने गर्छन । महिला हरुले पहिलोपटक बाजा बजाउदा समाजमा सकरात्मक प्रभाव परेको अधिकारकर्मि तथा अगुवाहरुले बताएका छन् ।
कालिकोटका ९ वटै स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको हो । संविधानले दिएको अधिकारको अझै पनी महिलालले अधिकारको कार्यान्वयन हुन नसकेको महिला अधिकार कर्मिहरुले बताएकी छन ।
Discussion about this post